काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबारशिष्टाचारभेटवार्ता भएको छ। भेटमा नेपाल–भारतबीच ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
भेटका क्रममा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थपसुदृढबनाउन ऊर्जा तथा जलस्रोत क्षेत्रमा आपसी सहकार्य आवश्यक रहेको बताउनुभयो।
छलफलमा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा दुई देशबीच सहकार्य गर्ने विषयले प्राथमिकता पाएकोथियो।त्यस्तै, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार, निर्माणाधीन परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने तथा विद्युत्निर्यातकोसीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा समेत विचारविमर्श भएको थियो।
यसैगरी, नेपालमा सौर्य ऊर्जाको विकास तथा विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।
भेटमा दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजना कार्यान्वयनलाईगतिदिनुपर्नेमा जोड दिएका थिए।