आज शेयर बजार १९ अङ्कले घट्यो

आज शेयर बजार १९ अङ्कले घट्यो

काठमाण्डौ – सोमबार सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से १९।३४ अङ्कले घटेर २ हजार ६२२।४८ विन्दुमा झरेको छ ।
आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह १।४० प्रतिशतले ओरालो लागेको छ ।
आज २१८ वटा कम्पनीको शेयर घटेकोमा ५६ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज सगरमाथा जलविद्युत्को शेयर साढे १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर १५ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ५ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको छ ।

खबरपाटी
खबरपाटी