आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सरकारले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले तलबमान स्वीकृत गरेको हझ। मन्त्रालयले साउन ६ गते पठाएको नयाँ तलबमान क्याबिनेटले १५ दिनपछि स्वीकृत गरेर पठाएको हो।
नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्य सचिवले ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन्।
त्यस्तै, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्यसचिव सरह तलब पाउँदा प्रहरी महानिरीक्षकको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ हुनेछ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले साउनदेखि लागु हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता भनेर १० प्रतिशत बृद्धि गरेका थिए। पेन्सनधारीको हकमा भने अब १० प्रतिशत बृद्धि हुनेछ।