ऊर्जा मन्त्री श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधार सल्लाहकारमा विवेक राज कँडेल नियुक्त

ऊर्जा मन्त्री श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधार सल्लाहकारमा विवेक राज कँडेल नियुक्त

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधार (विशिष्ट श्रेणी) सल्लाहकारमा चितवनका विवेक राज कँडेल नियुक्त हुनुभएको छ।

मन्त्रालयका अनुसार सल्लाहकारको भूमिकामा रहँदा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षालाई केन्द्रमा राख्दै नीति तर्जुमा, आन्तरिक ऊर्जा क्षेत्रको सुधार तथा निजी क्षेत्रको लगानी आकर्षित गर्ने रणनीतिक परामर्श प्रदान गर्नुहुनेछ। साथै, बृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिन आवश्यक नीतिगत सहजीकरणमा समेत उहाँले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कँडेलले Tribhuvan University बाट सिभिल इन्जिनियरिङ अध्ययन गर्नुभएको छ। त्यसपछि Harvard Kennedy School बाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासन (एमपीए) मा स्नातकोत्तर तथा University of Twente बाट ऊर्जा व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको हो।

उहाँसँग United Nations Development Programme, World Bank र International Renewable Energy Agency लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा डेढ दशकभन्दा बढी समय ऊर्जा, पूर्वाधार तथा विकास क्षेत्रसँग सम्बन्धित विषयमा काम गरेको अनुभव रहेको मन्त्रालयले जनाएको छ।

खबरपाटी
खबरपाटी