आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग गरेको छ ।
मन्त्रालयले गठन गरेको सिफारिस समितिले आजको गोरखापत्रमा सूचना जारी गरेको छ ।
आवेदन दिने समय १५ दिन तोकिएको छ ।
सीईओका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानुन विषायमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा साे सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।