निष्क्रिय बैंक खाता घटाउन राष्ट्र बैंकको निर्देशन, पुस मसान्तभित्र कार्ययोजना लागू गर्नुपर्ने

निष्क्रिय बैंक खाता घटाउन राष्ट्र बैंकको निर्देशन, पुस मसान्तभित्र कार्ययोजना लागू गर्नुपर्ने

काठमाण्डौ – नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्य योजना बनाई आउँदो पुस मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैङ्क अन्तर्गतको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले ’क’, ’ख’ र ’ग’ वर्गका इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गरी यो व्यवस्था गरेको हो । सक्रिय खाता निष्क्रिय हुनुअघि नै फोन, एसएमएस र इमेलमार्फत ग्राहकलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय गराउन कम्तीमा ६ महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।

खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेसनबाट सहज पहुँच पाउने गरी व्यवस्था मिलाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

त्यसै गरी, कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएका खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैङ्कले अनुरोध गरेको छ । 

खबरपाटी
खबरपाटी