आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं — वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त समन्वयमा आज काठमाडौंको सिनामंगल क्षेत्रमा सवारी साधनहरूको प्रदूषण मापदण्ड परीक्षण गरिएको छ।
परीक्षणका क्रममा ३९ वटा सवारी साधनको उत्सर्जन (प्रदूषण) मापन गरिएको थियो। तीमध्ये ९ वटा सवारी साधन अर्थात् करिब २३ प्रतिशतले तोकिएको प्रदूषण मापदण्ड पूरा गर्न नसकेको पाइएको विभागले जनाएको छ।
प्रदूषण मापदण्ड उल्लङ्घन गरेका ती सवारी साधनलाई प्रचलित कानून बमोजिम आवश्यक कारबाही गरिएको छ।
वातावरण विभागले वायु प्रदूषण नियन्त्रण, वातावरण संरक्षण तथा सवारी साधनबाट हुने प्रदूषण न्यूनीकरणका लागि यस्ता अनुगमन तथा परीक्षण अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।