सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पाउने मासिक भत्ता बढ्यो

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पाउने मासिक भत्ता बढ्यो

काठमाडौं – सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पाउने मासिक भत्ता बढेको छ।

सरकारले स्वीकृत गरेकाे शिक्षा नियमावली १० औँ संशोधन-२०८३ अनुसार अब प्रधानाध्यापकले एक हजारदेखि तीन हजारसम्म पाउने छन्।

माध्यमिक विद्यालयकाको प्रधानाध्यापकले मासिक पाँच सय रुपैयाँ पाउँदै आएकोमा अबदेखि तीन हजार पाउने छन्। निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकले दुई हजार पाउने छन्। यसअघि मासिक तीन सय भत्ता तोकिएको थियो।

त्यस्तै,प्राथमिक विद्यालयका प्रधानाध्यापकले मासिक दुई सय भत्ता पाउँदै आएकोमा अब ती प्रधानाध्यापकले मासिक एक हजार भत्ता पाउने छ।

खबरपाटी
खबरपाटी