अन्तर्राष्ट्रिय मूल्यवृद्धिको असर परेन, इन्धनको भाउ स्थिर

अन्तर्राष्ट्रिय मूल्यवृद्धिको असर परेन, इन्धनको भाउ स्थिर

काठमाण्डौ —नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार यसअघिजस्तै पेट्रोलको भाउ पहिलो वर्गको लागि लिटरको २ सय १४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २ सय १६ रुपैयाँ र तेस्रो वर्गको लागि २ सय १७ रुपैयाँ रहेको छ ।

यस्तै डिजेल तथा मट्टीतेलको भाउ पनि यसअघिजस्तै पहिलो वर्गको लागि २ सय २२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २ सय २४ रुपैयाँ र तेस्रो वर्गको २ सय २५ रुपैयाँ कायम रहेको निगमले जनाएको छ ।

खबरपाटी
खबरपाटी