इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति

इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति

इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा ड्रोन र क्षेप्यास्त्र भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन्। फेब्रुअरी २८ देखि अप्रिल २० सम्म भएको ८०९ आक्रमणमा यो क्षति भएको अधिकारीहरूले जनाएका छन्। 

ती आक्रमणमा कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागले जारी गरेको विज्ञप्तिअनुसार अधिकांश आक्रमण नागरिक क्षेत्रलाई लक्षित गरेर गरिएको थियो, यद्यपि क्षेत्रले जारी क्षेत्रीय द्वन्द्वमा तटस्थता घोषणा गरेको छ ।

विज्ञप्तिमा नागरिक र निजी क्षेत्रले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति बेहोरेको उल्लेख गरिएको छ्र। एरबिल प्रान्तमा सबैभन्दा धेरै ४७७ आक्रमण भएका छन्, जसमा ४१९ ड्रोन आक्रमण र ५८ क्षेप्यास्त्र आक्रमण समावेश छन्। ती आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन्।

कुर्दिस्तान क्षेत्रीय सरकारले विभिन्न ‘आधारहीन बहानामा’ नागरिक क्षेत्रमा आक्रमण गरिएको जनाएको छ। यी आक्रमणहरू फेब्रुअरी २८ देखि शुरु भएको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि क्षेत्रीय तनाव बढेका बेला भएका हुन्, जसको प्रतिक्रिया स्वरूप इरान र उसका सहयोगीहरूले मध्यपूर्वभर अमेरिकी र इजरायली स्वार्थलक्षित आक्रमण गरेका छन्।

खबरपाटी
खबरपाटी