दशौँ राष्ट्रिय खेलकुद : बिहीबार आठ विधाका खेल हुँदै, सुर्खेतसहित तीन जिल्लामा प्रतिस्पर्धा

दशौँ राष्ट्रिय खेलकुद : बिहीबार आठ विधाका खेल हुँदै, सुर्खेतसहित तीन जिल्लामा प्रतिस्पर्धा

सुर्खेत - कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बिहीबार (मंसिर १० गते) आठ विधाका खेल सञ्चालन  हुने भएका छन् ।

प्रतियोगिताअन्तर्गत सुर्खेत, बाँके र बर्दियामा विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन  हुनेछन् । आज ( मंसिर १० गते) महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका खेल हुने तालिका रहेको छ ।

तालिकाअनुसार, महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा बिहान ९ बजेदेखि सञ्चालन  हुनेछ । पुरुष क्रिकेट सुर्खेतको कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै, पुरुष फुटबलको प्रतिस्पर्धा सुर्खेतस्थित मुख्य रंगशालामा दिउँसो २:३० बजे हुनेछ । महिला बास्केटबलका खेल पनि वीरेन्द्रनगर रंगशालामा सञ्चालन  हुनेछन् ।

यसैगरी, पौडी प्रतियोगिता बाँकेको नेपालगञ्जमा बिहान ९ बजेदेखि हुनेछ भने टेनिस प्रतियोगिता बर्दियामा हुनेछ ।

सुर्खेतमा हुने बक्सिङ प्रतियोगिता मुख्य कभर्डहलमा मध्याह्न १२ बजेदेखि सुरु हुनेछ । जिम्न्यास्टिक प्रतियोगिता भने सुर्खेतको मिनी कभर्डहलमा हुनेछ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न विधाका प्रतिस्पर्धा कर्णाली प्रदेशसहित अन्य जिल्लामा पनि सञ्चालन भइरहेका छन् ।

खबरपाटी
खबरपाटी