काठमाडौं इङ्ग्लिस स्कुल नक्सालमा विद्यालय मेला भव्य रूपमा सम्पन्न

काठमाडौं इङ्ग्लिस स्कुल नक्सालमा विद्यालय मेला भव्य रूपमा सम्पन्न

काठमाडौंको नक्सालस्थित काठमाडौं इङ्ग्लिस स्कुलमा विद्यालय मेला (फेट कार्यक्रम) भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले हरेक वर्ष अभिभावक दिवस, वार्षिक खेलकुद , लगायतका विविध कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई आफ्नो प्रतिभा देखाउने   अवसर प्रदान गरिँदै आएको विद्यालयले जनाएको छ।

यस वर्षको मेलामा विभिन्न खेलकुद गतिविधि, खानाका परिकारहरू, सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम एवं  आकर्षक गतिविधिहरू समावेश गरिएको थियो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभाहरूलाई प्रस्फुटन गराउनुका साथै मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको विद्यालयका प्रिन्सिपल दिनेश खतिवडाले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर पुडासैनी, विद्यालयका सल्लाहकार प्रल्हाद दाहाल, उद्योग वाणिज्य महासंघका सदस्य डी.बी बस्नेत, समाजसेवी एवं व्यवसायी बिदुर धमला, नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दीपप्रसाद धमला लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त मेलामा विद्यार्थी, अभिभावक, अतिथि तथा विभिन्न क्षेत्रका आगन्तुकहरू गरी करिब १५०० जनाले सहभागिता जनाएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीका अनुसार कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमलाई अझ सफल बनाएको हो।

कार्यक्रमपछि प्रिन्सिपल खतिवडाले यस्ता कार्यक्रमप्रति विद्यार्थी तथा अभिभावक पनि  साथ रहनेछ भन्दै रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो। विद्यालयमा शैक्षिक सत्र २०८३ को लागि नयाँ भर्ना लिइरहेको जानकारी सम्पूर्ण अभिभावकहरुलाई गराए ।

खबरपाटी
खबरपाटी