काँग्रेस केन्द्रीय समिति बैठक शुक्रवार पनि बस्ने

काँग्रेस केन्द्रीय समिति बैठक शुक्रवार पनि बस्ने

काठमाडौँ - नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। 

मंगलवारदेखि जारी बैठक शुक्रवार पनि निरन्तर चल्ने भएको छ।

एजेण्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम बिहीवार पनि जारी रहेको पार्टीका केन्द्रीय सदस्य सुशील भट्टले बताए। उनका अनुसार बैठकमा पार्टीले यही मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको तयारी, सुकुमवासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।

पार्टीको १५ औँ महाधिवेशनबाट पारित दस्तावेजअनुसार समाजका मुद्दालाई कसरी पार्टीको एजेण्डा बनाउने भन्ने विषयमा नेताहरूले धारणा व्यक्त गरे। उनले बैठक शुक्रवार पनि निरन्तर चल्ने जानकारी दिए।

शुक्रवार बैठकले पार्टीको आगामी कार्यदिशा, मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे उचित निर्णय लिने बताए।

उनले भने, ‘हामीले चार पाँचवटा एजेण्डामा बैठकको पहिलो दिनदेखि छलफल गर्दै आएका छौँ। केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा व्यक्त गरिरहनुभएको छ। यो बैठक भोलि पनि निरन्तर चल्नेछ।’

उनले सानेपास्थित पार्टी कार्यालय नै पार्टीभित्रका विवादमाथि छलफल गर्न पर्याप्त ठाउँ रहेको भन्दै काँग्रेस फुट्नुभन्दा जुट्न आवश्यक रहेको बताए।

खबरपाटी
खबरपाटी