त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ।  
त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद्को बैठकले आगामी वर्षदेखि मानविकी सङ्कायअन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सङ्कायका सहायक डिन डा बामदेव अधिकारीले जानकारी दिए।

उनका अनुसार एक सय दिनभित्रमा मानविकी सङ्कायका सबै परीक्षाका नतिजा प्रकाशित गरिने निर्णयसमेत गरिएको छ। यस्तै, त्रिविले आमसञ्चार तथा पत्रकारितामा रङ्गमञ्च कार्यक्रम सञ्चालन गर्न लागिएको सहायक डिन डा अधिकारीले जानकारी दिए।

यसैगरी महोत्तरीको बर्दिवासस्थित नवक्षितिज कलेजको सम्बन्धन खारेजी, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गलाई आमसञ्चार तथा पत्रकारिता र सरस्वती क्याम्पस ठमेललाई राजनीतिशास्त्र विषयमा स्नातकोत्तर तहको अध्यापन अनुमतिलगायत निर्णय गरेको उनले बताए।

खबरपाटी
खबरपाटी