सुपर खुदी हाइड्रोपावरको आईपी‌ओ आजदेखि सर्वसाधारणका लागि

सुपर खुदी हाइड्रोपावरको आईपी‌ओ आजदेखि सर्वसाधारणका लागि

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गते मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्काशन गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको थियो। अब भने दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि शेयर खुला गरिएको हो।

कम्पनीले आफ्नो १ अर्ब ५५ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरका ३१ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि तथा १ लाख ५५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ। साथै, ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई वितरण गरिएको छ।

अब कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरूका लागि ३१ हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

खबरपाटी
खबरपाटी