अमेरिकी शान्ति योजनाअनुसार गाजा युद्ध अन्त्य गर्ने विषयमा इजिप्टमा अप्रत्यक्ष रूपमा वार्ता जारी

अमेरिकी शान्ति योजनाअनुसार गाजा युद्ध अन्त्य गर्ने विषयमा इजिप्टमा अप्रत्यक्ष रूपमा वार्ता जारी

अमेरिकी शान्ति योजनाअनुसार गाजा युद्ध अन्त्य गर्ने विषयमा इजिप्टमा अप्रत्यक्ष रूपमा वार्ता जारी छ। शार्म अल-शेखमा भइरहेको वार्ता गाजाका बन्धक र प्यालेस्टाईनी कैदी रिहाइमा वार्ता केन्द्रित भएको बीबीसीले जनाएको छ। 

हमासले शान्ति योजनाका केही प्रस्तावमा सहमति जनाए पनि हतियार त्याग्ने र गाजाको शासनमा भूमिका नखेल्ने मागमा अझै प्रतिक्रिया दिएको छैन। अमेरिका, कतार र इजिप्टका प्रतिनिधि सम्मिलित वार्ता युद्ध शुरु भएदेखि नै सबैभन्दा निर्णायक बन्न सक्ने बताइएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा २० बुँदे शान्ति योजना तयार गरिएको थियो। हाल ट्रम्पले सबै पक्षलाई छिटो अघि बढ्न आग्रह गरिरहेका छन्। उनले प्रस्ताव गरेको शान्ति योजनामा तत्काल युद्धविराम, बन्दीहरूको आदानप्रदान र गाजामा पूर्ण मानवीय सहायता पठाउने विषय समावेश छ । 

साथै, हमासले गाजाको शासनमा भूमिका नखेल्ने र भविष्यमा प्यालेस्टिनी राज्यको सम्भावना खुला रहने उल्लेख गरिएको छ। 

खबरपाटी
खबरपाटी