कोटेश्वरमा २७ सवारीसाधनको प्रदूषण परीक्षण, ७ वटा मापदण्डविपरीत

कोटेश्वरमा २७ सवारीसाधनको प्रदूषण परीक्षण, ७ वटा मापदण्डविपरीत

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडौंको कोटेश्वरमा आज २७ वटा सवारीसाधनको प्रदूषण परीक्षण गरेको छ। परीक्षणका क्रममा ७ वटा सवारीसाधनले निर्धारित प्रदूषण मापदण्ड पूरा गर्न नसकेको पाइएको छ।

विभागका अनुसार परीक्षण गरिएका सवारीसाधनमध्ये करिब २६ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्ड पूरा गर्न असफल भएका छन्।

वातावरणीय प्रदूषण नियन्त्रण तथा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले विभागले सवारीसाधनबाट निस्कने धुवाँको नियमित परीक्षण तथा अनुगमन गर्दै आएको छ।

सवारीसाधनबाट निस्कने धुवाँले वायु प्रदूषण बढाउन सक्ने भएकाले यस्ता परीक्षणले प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सवारीसाधनलाई निर्धारित मापदण्डअनुसार सञ्चालन गर्न तथा वायुको गुणस्तर सुधार गर्न विभागले अनुगमनलाई निरन्तरता दिँदै आएको छ।

खबरपाटी
खबरपाटी