गाजामा इजरायली आक्रमणबाट १५ जना प्यालेस्टाइनीको मृत्यु

गाजामा इजरायली आक्रमणबाट १५ जना प्यालेस्टाइनीको मृत्यु

इजरायलले गाजा पट्टीमा शुक्रबार गरेको हवाई आक्रमणमा १५ जना प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।

प्यालेस्टाइनी समाचार एजेन्सी (वफा)ले १५ जना मृतकमध्ये ११ जनाको मृत्यु गाजा शहरमै भएको रिपोर्ट गरेको छ । यसैबीच, दक्षिणी गाजाको अल–मवासी, खान युनूसमा इजरायलले एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले अल–मवासी स्ट्रिटमा नागरिकहरूको समूह र शहरको पश्चिमको अन्सार क्षेत्रमा आक्रमण गर्दा दक्षिणी गाजा सहरको अल–सब्रामा थप हताहत भएको रिपोर्ट गरिएको छ ।

उद्धार टोलीले गाजा शहरको दक्षिणपूर्वमा रहेको अल–जायतुनमा रहेको अल–फलाह स्कूलको भग्नावशेष मुनिबाट दुई प्यालेस्टिनीको शव बरामद गरेको जनाएको छ ।  जहाँ पाँच दिनअघि उद्धार टोलीहरूलाई लक्षित इजरायली सेनाले प्रहार गरेको थियो ।

यसका साथै पूर्वी गाजा शहरको उमर अल–मुख्तार सडकनजिकै इजरायली आक्रमणका कारण अधिकांश बालबालकिासहित धेरै नागरिकहरू घाइते भएको जनाइएको छ ।

खबरपाटी
खबरपाटी