शेयर बजार झिनो अंकले घट्यो, ३ अर्ब २६ करोड बढीको कारोबार

शेयर बजार झिनो अंकले घट्यो, ३ अर्ब २६ करोड बढीको कारोबार

काठमाडौं - हप्ताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ ।

३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँको कारोबार हुँदा नेप्से २ दशमलव ३५ अंकले घटेको हो । नेप्सेमा भएको सेयर कारोबारमा १ सय ७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने १ सय ३९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य भने यथावत रहेको छ ।

नेप्सेमा हिमस्टार कम्पनीको सेयर बिक्री गर्नेले सबै भन्दा धेरै नाफा आर्जन गरे भने सिटी होटेल लिमिटेडको सेयर कारोबार गर्नेले सबै भन्दा धेरै गुमाएका हुन्। गिरावट आउँदा बैंकिङ, लगानी र म्युचुअल फन्ड बाहेक सबै समूहको सूचक नकारात्मक रहन गएको नेप्सेले जनाएको छ।

खबरपाटी
खबरपाटी