लामो समयदेखि बन्द रहेको एन्फा मुख्यालयको ताला खुल्यो

लामो समयदेखि बन्द रहेको एन्फा मुख्यालयको ताला खुल्यो

काठमाण्डौ – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् ।
यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य र तहगत चुनावमा देखिएको अवरोध हटाउने विषयमा छलफल हुनेछ ।
यसअघि वरिष्ठ उपाध्यक्ष खड्कासहित कार्यसमितिका ११ जना सदस्यले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसमक्ष लिखित पत्र बुझाउँदै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्र ठप्प छ ।

खबरपाटी
खबरपाटी