शेयर बजार ३३ अङ्कले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

शेयर बजार ३३ अङ्कले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

काठमाण्डौ – हिजो झिनो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से ३३।२९ अङ्कले बढेर २ हजार ६६४।०६ विन्दुमा पुगेको छ ।
आज व्यापार बाहेक सबै समूहको उपसूचक बढेकोमा जलविद्युत् समूह २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज २४१ वटा कम्पनीको शेयर बढेकोमा ३५ वटाको घटेको छ । एभरेस्ट कलर, नेस्डो समृद्ध लघुवित्त र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर भने घटबढ भएको छैन ।
आज बेनी हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन प्राइम बैंकको डिबेन्चर ९२०८८० झन्डै ३ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा ३४८ वटा कम्पनीको १ करोड ९३ लाख कित्ता शेयर ७ अर्ब ४५ करोड रुपैयाँमा किनबेच भएको छ ।

खबरपाटी
खबरपाटी