दशैँका लागि आजदेखि सुकिला नोट वितरण शुरु

दशैँका लागि आजदेखि सुकिला नोट वितरण शुरु

काठमाडौँ - दशैँका लागि लक्ष्य गरी आइतबारदेखि सुकिला नोट वितरण शुरु भएको छ। नेपाल राष्ट्र बैंकले आइतबारदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो।  

थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ। सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ।

२०८० सालसम्म राष्ट्र बैंकले दशैँतिहारलाई लक्ष्य गरी नयाँ नोट सटही गर्दै आएको थियो। वार्षिक करिब एक अर्ब ३० करोड रुपैयाँ बचत हुने भन्दै राष्ट्र बैंकले पोहोरदेखि सुकिला नोट मात्र सटही गर्न थालेको हो।

५०० दरको नोट भने नयाँ वितरण हुने बैंकले जनाएको छ। 

खबरपाटी
खबरपाटी