गाजामा भएको इजरायली आक्रमणमा १३ जना प्यालेस्टिनीको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा १३ जना प्यालेस्टिनीको मृत्यु

इजरायली सेनाले गाजा शहरमा शुक्रबार गरेको आक्रमणमा कम्तिमा १३ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (वफा)का अनुसार मध्य गाजा सहरको जाला स्ट्रिटमा इजरायली हवाई आक्रमणले विस्थापितको शिविरमा प्रहार गर्दा एउटै परिवारका पाँच जना सदस्यको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् । 

इजरायली सेनाले शेख रादवानस्थित एक विद्यालयमा प्रहार गर्दा पाँच जना सर्वसाधारणको ज्यान जानुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । अगस्ट ११ देखि, इजरायले गाजामा निरन्तर आक्रमण गर्दा सामूहिक विस्थापन हुनुका साथै घर ध्वस्त भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् । रासस

खबरपाटी
खबरपाटी