भारतीय सुरक्षा बल र आतङ्ककारीबिच काश्मिरमा मुठभेड

भारतीय सुरक्षा बल र आतङ्ककारीबिच काश्मिरमा मुठभेड

काठमाडौं । दक्षिण काश्मिर कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र आतङ्ककारीबिच मुठभेड भएको छ । सुरक्षा बलले आफ्नो अपरेसन जारी समेत राखेको छ । अहिलेसम्म, अपरेशनमा एक आतङ्ककारीलाई निष्क्रिय पारिएको छ ।


शनिबार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतङ्ककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ । यो संयुक्त कारबाही भारतीय सेना, जम्मू काश्मिर प्रहरी, सीआरपीएफ र विशेष अपरेसन समूह एसओजीद्वारा गरिएको थियो । 


जुलाई ३० मा, जम्मू र कश्मीरको नियन्त्रण रेखामा भारतीय सेनाले सीमा बार नजिकै शङ्कास्पद गतिविधि पत्ता लगाएपछि मुठभेड भएको थियो । सुरुमा सन्दिग्ध आतङ्ककारीहरूले गोलाबारी सुरु गरेको र सेनाले तुरुन्तै जवाफी कारबाही गरेको जनाएको छ । एएनआई

खबरपाटी
खबरपाटी