वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । भियतनामको उत्तरतर्फ पर्ने प्रख्यात पर्यटकीय गन्तव्य हालोंग खाडीमा पर्यटक बोकेको डुंगा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण डुंगा दुर्घटनामा परेको जनाइएको छ ।
दुर्घटनापछि केही व्यक्ति अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकांश पर्यटक भियतनामको राजधानी हनोईबाट आएका थिए ।
बचाउ कार्यमा संलग्न सुरक्षाकर्मीहरूले ११ जनाको जीवितै उद्धार गरेका थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।