रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोट विधि

रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोट विधि

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ । बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले उम्मेदवार छनोटका आवश्यक योग्यता र प्रावधान जारी गरेको हो ।

प्रचलित कानूनले बन्देज नगरेका, फौजदारी अभियोग नलागेका बाहेक रास्वपाले उम्मेदवार छनोट गर्दा विभिन्न मानक तय गर्दै भाराङ्क तोकेको छ ।


रास्वपाका अनुसार ‘पार्टीको विधानको भाग १९ अन्तर्गत रहेको लिडरशीप एकेडेमी र उम्मेदवार क्लब तथा भाग २० मा उल्लेख गरिएको प्रारम्भिक निर्वाचन र निर्वाचित जनप्रतिनिधि सम्बन्धी खण्डको मूल मर्म आत्मसाथ गर्दै पार्टीले राज्यका विभिन्न तहका निर्वाचनमा उम्मेदवार छनोट गर्ने उद्देश्यले विधि निर्माण गरेका हो ।

उम्मेदवार छनोट हुन प्रारम्भिक निर्वाचनबाट ५० प्रतिशत,  लिडरशीप एकेडेमीको नतीजा २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटी २० प्रतिशत  र समावेशीतामा ५ प्रतिशत भाराङ्क निर्धारण गरिएको छ ।


‘उम्मेदवारको अन्तिम छनोट कारक मानक मुल्याकंन विभि अनुसार विभिन्न पक्षहरुको वस्तुनिष्ठ मूल्याकंनका आधारमा मानेर गरिनेछ, केन्द्री समितिले अनुमोदन गरेका विशेष परिस्थिति बाहेक उम्मेदवार छनोटका लागि लिडरशीप एकेडेमीमा उम्मेदवारको वस्तुगत र सफल सहभागिता अनिवार्य हुनेछ’, रास्वपाले जारी गरेको उम्मेदवार छनोट विधिमा उल्लेख छ ।

खबरपाटी
खबरपाटी