सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ रहेकोमा बिहीबार १ हजार ४ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, बुधबार सुनको मूल्य १० ग्रामको दुई लाख ६ हजार ९६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला तीन हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार घटेर तीन हजार ४० रुपैयाँमा झरेको छ ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य १० ग्रामको दुई हजार ६०६ रुपैयाँ कायम भएको छ ।

खबरपाटी
खबरपाटी