कांग्रेस पदाधिकारी बैठकमा कांग्रेसकै शीर्ष नेताहरूले गर्दैछन् गृहमन्त्रीको राजीनामा माग ?

कांग्रेस पदाधिकारी बैठकमा कांग्रेसकै शीर्ष नेताहरूले गर्दैछन् गृहमन्त्रीको राजीनामा माग ?

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज बस्ने भएको छ ।


सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुनेछ । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादहरु भिजिट भिसाको नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ । अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको नाम मुछिएको बारे पनि छलफल हुनसक्ने बुझिएको छ ।


यस विषयमा कांग्रेसकै शीर्ष नेताहरूले गृहमन्त्री लेखकलाई राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दवाव दिइरहेका छन् ।

खबरपाटी
खबरपाटी