रूसले विमान दुर्घटना गराउने जिम्मेवार व्यक्तीलाई दण्डित गर्छ :अजरबैजान

रूसले विमान दुर्घटना गराउने जिम्मेवार व्यक्तीलाई दण्डित गर्छ :अजरबैजान

काठमाडौं । मस्कोले अजरबैजान एयरलाइन्सको विमान खसाल्ने जिम्मेवारहरूलाई सजाय दिने वाचा गरेको अजरबैजानले सोमबार बताएको छ। बाकुले रूसी हवाई रक्षाले गोली हानेको बताएको छ। 

आजाल एम्ब्रेयर १९० जेट २५ डिसेम्बरमा कजाकिस्तानमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ६७ मध्ये ३८ जनाको मृत्यु भएको थियो। 

अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले विमानले दक्षिण रुसको ग्रोज्नी विमानस्थलमा नियमित अवतरण गर्न खोज्दा गल्तीले गोली हानेको जिम्मेवारी स्वीकार गर्न मस्कोसँग माग गरेका छन्।

रुसले आफ्नो वायु–सुरक्षा मिसाइलले विमानलाई हानेको पुष्टि गरेको छैन। यद्यपि राष्ट्रपति भ्लादिमिर पुटिनले सप्ताहन्तमा अलिएभसँगको फोन वार्तामा त्यस समयमा प्रणालीहरू सक्रिय रहेको र रुसी हवाई क्षेत्रमा यो घटना भएकोमा उनी दुःखी भएको बताएका छन्।

अजरबैजानका महान्यायाधिवक्ताका अनुसार रुसको अनुसन्धान समितिका प्रमुखले बाकुलाई भनेका छन्, ुदोषी व्यक्तिहरूको पहिचान गर्न र उनीहरूलाई फौजदारी जिम्मेवारीमा ल्याउन गहन उपायहरू गरिँदैछ।ु

रुसले यस घटनामा फौजदारी जाँच सुरु गरेको छ। तर उसले विमानलाई आफ्नो वायु–सुरक्षा मिसाइलले हानेको हो भन्ने कुरामा सहमत छ कि छैन भनेको छैन र आफैँले कुनै दोषी फेला पारेको वा न्यायको दायरामा ल्याउने बारे केही बताएको छैन।

अलियेभले आइतबार बाकुको निकट साझेदार मस्कोको दुर्लभ स्पष्ट निन्दा गरेका थिए। उनले विमानलाई ‘दुर्घटनावश हानिएको’ तर रुसले दुर्घटनाको कारण लुकाउने प्रयास गरेकोमा रिसाएको बताए। 

पुटिनलाई जिम्मेवारी स्वीकार गर्न माग गर्दै अलिएभले रुसलाई वैकल्पिक सिद्धान्तहरू अघि सारेर ‘रुसी पक्षले मुद्दालाई ढाकछोप गर्न चाहेको स्पष्ट देखाएको’ पनि आरोप लगाए।

रुसका अनुसार आजाल विमान बाक्लो कुहिरोबाट अवतरण गर्न नजिकिँदा दक्षिणी रूसी क्षेत्र चेचन्याको ग्रोज्नीमा युक्रेनी ड्रोनले आक्रमण गरिरहेको थियो। 

बचेकाहरूले विमान बाहिर विस्फोटहरू सुनेको वर्णन गरेका छन्। त्यसपछि विमान क्यास्पियन सागर पार गरी चार सय किलोमिटर ९२५० माइल० भन्दा बढी कजाकस्तानको अक्ताउ शहरतर्फ मोडियो र त्यहाँ यो दुर्घटनाग्रस्त भयो।

कजाकस्तानले सोमबार विमानको ब्ल्याक बक्सहरू ब्राजिल पठाएको बताएको छ। त्यहाँ ब्राजिलियाली वायुसेनाको एकाइ एरोनटिकल एक्सिडेन्ट्स इन्भेस्टिगेशन एन्ड प्रिभेन्शन सेन्टरले विश्लेषण गर्नेछ।
 

खबरपाटी
खबरपाटी