नेप्से परिसूचकमा ४६ अंकको वृद्धि

नेप्से परिसूचकमा ४६ अंकको वृद्धि

काठमाडौं। मंगलबार पनि सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४६।६९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६९२ मा कायम भएको छ ।


कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब १२ करोड रकमको कारोबार भएको छ । यस दिन बजार खुलेदेखि दिनभर हरियाली रह्यो ।


कुल २२१ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।

खबरपाटी
खबरपाटी