प्लस साइज नेपालकको चाबहिल के.एल टावरमा १३ औ शाखा सञ्चालन

प्लस साइज नेपालकको चाबहिल के.एल टावरमा १३ औ शाखा सञ्चालन

सामान्य फेसबुक पेजबाट सुरु भएको प्लस साइज नेपाल, अहिले नेपालको चर्चित कोल्थिङ ब्रान्ड बनिसकेको छ । देशमा मात्र नभएर विदेशमा पनि आफ्नो बजार विस्तार गरिरहेको प्लस साइज नेपालले चाबहिलको के.एल टावरमा  १३ औ शाखा सञ्चालनमा ल्याएको छ ।

एउटै कपडा ७ वटा भन्दा धेरै साइजमा बनाइरहेको प्लस साइज नेपाल, नेपाली प्लस साइज ग्राहाकहरुमा निकै प्रख्यात रहेको छ । प्लस साइज नेपालले पूर्वमा धरान, बिर्तामोड देखि पश्चिममा सुर्खेत सम्म शाखा सञ्चालन गरिरहेको छ । डेलिभरी सर्भिस नेपालभर भई रहेता पनि प्लस साइज नेपालको शाखा देशभर १३  वटा मात्र रहेको छ । 

प्लस साइज नेपालले सम्पूर्ण सोसल मिडिया र एप्स्मार्फत अनलाइनमा आफ्नो राम्रो  देखाइरहेको छ । यस्तै प्लस साइज नेपालमा अध्यक्ष विष्णु बोहराले देशको अर्थतन्त्र धरासायी बन्दै गए पनि राम्रो अवसर पहिचान गर्न सक्न पर्ने धारणा व्यक्त गर्छन् । ग्राहाकहरुको पर्चेजिङ पावर घट्दै गएको महसुस गरेका अध्यक्ष बोहराले, व्यापारलाई सफल बनाउन धैर्यता र लगनशीलता मात्र एक उपाय भएको बताउँछन् । 

उद्घाटन कार्यक्रममा युबा नेता खुस्बु ओली र बरीस्ठ पत्रकार बबिता बस्नेत दुबैले रिबन काटेर उद्घघाटन कार्यक्रम सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा सम्पूर्ण कलिगड हरु लाई कम्पनीले सम्मान पनि गरेको थियो ।
 

खबरपाटी
खबरपाटी