सबै छोरा मान्छे खराब नियतका हुदैनन ।
समाजमा धेरै यस्ता महान व्यक्ती छन जसले आफ्नो श्रीमतीको सम्मान गर्छन,नारीको सम्मान गर्छन । तर पनि समाजमा छोरी मान्छेले स्वतन्त्र भएर अझै बाच्न पाएका छैनन । आमाबाबाको कर्तव्य पूरा गर्न छोरीको बिहे गर्नै पर्ने यो नियती । सृष्टी चलाएमान बनाउन बैवाहिक जिवन विताउनु पर्ने बिधा ।
छोरी जन्माउने आमा बाबा संसार कै भाग्यमानी ठान्ने अपवाद मानिस तर छोरी मान्छेको जिवन कति बेला के हुन्छ त्यसको लेखाजोखा नभएको यो समय ।
छोरी सुरक्षित छैनन है भन्दा फरक पर्दैन अहिले २१ औ शताब्दीको गाथा गाउने हामी छोरी मान्छेको लागी सुरक्षित घर, समाज र देश कभह पनि निर्माण गर्न सकेका छैनौ । जति नै महिला र पुरुष बराबरको नारा लगाएपनि यर्थातमा परिवर्तन हुन सकेको छैन ।
घरमा उमेर पुगेको छोरी छन भने त्यो छोरीको बिहे नगर्दा सम्म बाबुआमालाई राम्रो निद्रा पर्दैन । पराई ,एक अपरिचित मान्छे संग छोरी अन्माएपछि बाबुआमाको कर्तव्य पूरा हुने कस्तो संस्कार ? खोई कस्लाई सोधु म प्रश्न ? बिहे गरेर पाराई घर गएपछि छोरीले दुख पाइभने घरपरिवारबाट पाउने मायाबाट बञ्चीत भई भने त्यहि छोरी कै दोश ठान्छ हाम्रो समाज ।
सबैको प्रश्नको उत्तर दिन छोरी सधै तयार हुन पर्ने तर खोई हाम्रो प्रश्नको जवाफ को संग माग्ने रु हाम्रो जिवनको कठिनाइको व्यथा कस्ले सुन्ने ?
दिनैपिच्छे छोरी मान्छेको जिवनको यो दर्दनाक अन्त्य देख्दा छोरी भएर जन्मीएकोमा डर लाग्छ । हरेक छोरीको अन्तरआत्माले भन्छ कि :
लाग्छ कि म छोरा भएको भए कति स्वतन्त्र हुन्थे ।
म छोरा भएको भए मेरो घरपरिवारलाई ढुक्कको आराम मील्थ्यो ।
म छोरा भएको भए कसैको गीद्धे नजरबाट जोगीन्थे ।
म छोरा भएको भए मेरा बाबाआमा संगै हुन्थे ।
म छोरा भएको भए आफ्ना रहर चाहाना सबै पूरा गर्थे ।
म छोरा भएको भए यसरी क्रता पूर्वक मृत्यु पाउदैनथे ।काभ्रेपलान्चोक पनौति नगरपालिका हाल अमेरिकाको भर्जिनिया राज्यको मनाससमा बस्ने ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी थिईन । ममता काफ्ले भट्टको घरमा २१ औ दिनमा प्रहरी खोज तलास गर्न जान्छ अगस्त २१ बुधबारका दिन दिउसो ममताको घरमा प्रहरी पगेर व्यापक खोज तलास गरि ममताका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । यो सबै देख्दा समाज खल्बलिएको छ । विश्वास गर्ने को संग सबैको मन डराएको छ ।
फेरी एक पटक इज्जतले जित्यो,छोरी मान्छेको जातले हारेको छ ।
माईतीले डिभोर्स गर्दा समाजले के भन्छ आफन्तले के भन्छ नभनी दिएको भए उनि जिवित हुने सम्भावना अलि बढी रहन्थीयो की भन्ने भावना सबैको मनमा उव्जिएको छ ।परिवारको चिन्ता नै समाजको डर साथै आफन्तको डर । आफ्नो जिवन बाच्दा अरुले के भन्छ भन्ने डर । जब सम्म यो डरको जरालाई छोरीहरुको जिवन सरल बन्दैन ।यदि श्रीमान श्रीमतीको ब्यबहारिक, सैद्धान्तिक र बैचारिक कुराहरू मिल्दैन भने सम्बन्ध छोट्याएर लम्किदै गरेको जीवन को मुलबाटो लाई जिन्दगी को गोरेटो तिर धकेले कै जाति हुन्छ ।