जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत

जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै तेस्रो जीत हासिल गरेको छ ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । जनकपुरका कप्तान हरमीत सिंहले ३३, आदित्य महताले नटआउट ३० रन बनाए । लुम्बिनीका डार्सी शर्टले ३ तथा शेर मल्ल र तिलक भण्डारीले २र२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । लुम्बिनीका कप्तान रोहित पौडेलले ३४ रन बनाए । जनकपुरका विशाल शुस्लिङ र राहुल यादवले २र२ विकेट लिए ।
यो जीतसँगै लुम्बिनी ४ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगितामा लुम्बिनी मात्र अपराजित टोली हो । जनकपुर ५ खेलमा ४ अङ्कसहित चौथो स्थानमा छ ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे वीरगञ्ज किङ्ग्स र काठमाण्डौ गोर्खाज खेल्दैछन् ।
विराटनगर ४ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । काठमाण्डौ २ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ ।
८ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

खबरपाटी
खबरपाटी