मन्त्रीको गाडीको मुल्य : दुई युवाको ज्यान

मन्त्रीको गाडीको मुल्य : दुई युवाको ज्यान

कल्पना सानु भट्टराई । गोलि हान्नु पर्ने  कारण के थियो ? गाडी जलाउने,गाडी फेरि किन्न सकिन्छ ,तर मान्छे ? छानबिन आयोग किन ? मान्छे फर्कन्छ त ? आज प्रश्न मात्र छ सरकार हामीसंग । युवाको लागी देश खै सरकार ?

इजरायल गए हमासले मार्छ, 

रसिया गए युक्रनले मार्छ, 

युक्रेन गए रसियाले मार्छ, 

नेपाल बसे नेपाल प्रहरीले मार्छ, 

के हाम्रो अस्तित्व छैन ? के हाम्रो शरीरको मूल्य छैन त्यसो भए हामी कहाँ जाने , कहाँ बस्ने ? कुन देश सुरक्षित छ हाम्रो लागि ? भन्दै युवाको मनमा त्रास पैदा भएको छ आज । सामाजिक संजालका भित्तामा छर्लंग देखिएको छ युवाले सरकार संग गरेको विश्वास ।

आज बालकुमारीमा दुई युवा मात्रै मरेनन् । दैलेखमा छोरो कुरिरहेकी एक्लि आमाको भरोसा मर्यो । डोटीमा टिनको छानो फेर्न छोरो कुरिरहेका बाउको सपना मर्यो ।
दुई होनहार युवाको हत्या भएको छ । राज्य क्रूरताको  जति निन्दा गरे पनि कमै हुन्छ ।

सुजन र बिरेन्द्र समाजका प्रतिनिधि पात्र हुन् ।बिदेश जान नपाउँदा आजको युवा कसरी मर्न तयार छ भन्ने मनोविज्ञानलाई यसले छर्लङ्ग बनाउँछ । हिजो व्यवस्था परिवर्तनका निमित्त गोलि थाप्न तयार युवा, आज बिदेश जाने नाममा गोलि थाप्न तयार छ । के यहि हो गणतन्त्र ?

सपनाहरू सधैं  स्वस्थ नहुने रहेछन् क्यारे, कतिपय सपनाहरू बाँच्ने चाहना हुदाहुदै पनि मर्ने रहेछन् । बालाई बचाउने सपना  मरे पछि र मारिए पछि आज  फेरि यो समाजले सपनाले रित्तिएको रित्तो लीला पनि मारिदियो भन्दा फरक नपर्ला ।

युवा उदाशिनता

बार्षिक बजेट होस तथा नीति, कार्यक्रम र योजना बनाउँदा सवैले विकास, समृद्धिको नारा अघि सारेका हुन्छन । कागज र भाषणमा जतिसुकै लेखेपनि विकास र समृद्धि त्यसै आउँदैन । त्यसका लागि आधुनिक सिप, क्षमता, जाँगर भएका परिश्रमी युवा शक्ति नै चाहिन्छ समृद्धिको सपना साकार पार्न । आज गाउँका उर्वर भूमिहरु त्यसै बाँझो पल्टिएका छन ।

हरेक बर्ष भारत, चीन र विदेशवाट अन्न, फलफूल, तरकारी किनेर ल्याउनु परेको छ । लाखौं युवाहरु जीन्दगीभर हड्डी घोटेर बुढ्यौलीमा टेकेका आमा, वुवा, कलिला वच्चा र सुत्केरी श्रीमतिलाई भत्कन लागेको घरमा छाडेर परदेशी भूमिमा पसिना बगाउन पुगिरहेका छन । काठमाडौंको त्रिभूवन विमानस्थल र भारतीय सीमा क्षेत्रमा देश र परिवारसँगको विछोडमा आँसुको धारा वगाउँदै परदेशी बनेका युवाहरु देख्दा जो कोहीलाई पीडा, हुन्छ ।

घरपरिवारलाई गाउँमै छाडेर परदेशी बनेका युवाहरु मासिक केही हजार रुपयाँको लागि तातो मरुभूमि, अग्ला अग्ला भवन, गहिरा तेलका कुवा र उद्योगहरुमा ज्यानको बाजि लगाएर दिनरात पसिना बगाउँछन् । परिवारको सुखको लागि पसिना वगाउँदा वगाउँदा कतिपय युवाहरु दुर्घटनामा परेर प्राण त्याग्छन र बन्द बाकसमा लास वनेर घर फर्किन्छन । कतिपय युवाहरु अंगभंग भएर जीउँदो लास बनेर फर्काइएका छन । त कतिपय आफ्नै गल्ती र कमजोरीले आपराधिक क्रियाकलाप गर्दा उत्तै मृत्युदण्डको शिकार वनेका छन । युवाहरू आफ्नो गाउँठाउँमा सुनिश्चित भविष्य देख्न छाडेका छन् ।

यसको पृष्ठभूमिमा विगतका दिनमा मुलुकले कैयौँ पटक गुमाएको अवसर, सामाजिक द्वन्द्व, राजनीतिक अस्थिरता लगाएत कारण रहेका छन ।देशलाई आत्मनिर्भर वनाउन आवश्यकता हेरेर पेशा, व्यवसाय गर्न सकेमा  पक्कै पनि युवाले अकालमा ज्यान गुमाउनु पर्दैन ।

खबरपाटी
खबरपाटी