निर्धन उत्थान लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, लाभांश क्षमता कति ?

निर्धन उत्थान लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, लाभांश क्षमता कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को चाैथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा १९७ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. १६ करोड ९९ लाख खुद नाफा कमाएकोमा गत आवमा बढेर रू. ५० करोड ६४ लाख पुगेको छ ।

गत आवमा कम्पनीको सञ्चालन नाफा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. २४ करोड ७८ लाख रहेकोमा गत आवमा बढेर रू. ७१ करोड ७८ लाख पुगेको छ । 

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५१ पैसा रहेकोमा गत आवमा बढेर १९ रुपैयाँ ३९ पैसा पुगेको हो । 

चुक्ता पूँजी रू. २ अर्ब ६१ करोड रहेको कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा शेयर प्रिमियममा रू. ५ लाख १० हजार, रिटेन्ड अर्निङमा रू. १४ करोड ८९ लाख र रिजर्भमा रू. २ अर्ब ४२ करोडभन्दा बढी सञ्चिति गरेको छ ।

त्यस्तै कम्पनीको लाभांश क्षमता १ दशमलव ४४ प्रतिशत छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ९८ रुपैयाँ ६१ पैसा र तरलता अनुपात १४ दशमलव १५ प्रतिशत छ । 

खबरपाटी
खबरपाटी