डोनाल्ड ट्रम्पलाई ३५ करोड डलर जरिवाना

डोनाल्ड ट्रम्पलाई ३५ करोड डलर जरिवाना

एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठगी मुद्दामा लगभग ३५ करोड अमेरिकी डलर जरिवाना लगाएको छ।

न्युयोर्कको अदालतले ट्रम्पलाई धेरै वर्ष पुरानो ठगी मुद्दामा यस्तो सजाय दिएको हो।

ट्रम्पमाथि बैंक तथा अन्य संस्थाको वित्तीय अभिलेखमा गडबडी गरेको आरोप छ।

यससँगै ट्रम्पलाई तीन वर्षसम्म न्युयोर्कको कुनै पनि निगममा अफिसर वा निर्देशकका रूपमा नियुक्त हुन पनि प्रतिबन्ध लगाइएको छ।

ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको दौडमा अगाडि रहेका बेला न्यायाधीश आर्थर एनगोरोनले साढे दुई महिनाको सुनुवाइपछि यो निर्णय गरेका हुन्।

ट्रम्पले राष्ट्रपति चुनावमा अनियमितताका कारण आफू पराजित भएको बताएका छन्।

निर्णयपछि ट्रम्पले आफ्नो प्रतिक्रियामा भनेका छन्, ‘नराम्रो नियतका एक न्यायाधीशले भर्खरै फैसला गरेको छ कि मैले ठूलो कम्पनी बनाउनको लागि ३५ करोड अमेरिकी डलर तिर्नुपर्नेछ। यो म र सिंगो देशको लागि दुखद दिन हो।’

खबरपाटी
खबरपाटी