इराकको एयरबेसमा इरान समर्थित लडाकुको आक्रमण, केही अमेरिकी सैनिक घाइते

इराकको एयरबेसमा इरान समर्थित लडाकुको आक्रमण, केही अमेरिकी सैनिक घाइते

पश्चिमी इराकको एक एयरबेसमा इरान समर्थित लडाकुहरूले गरेको मिसाइल आक्रमणमा परी केही अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले शनिबार साँझ लडाकुहरूले इराकको अल असद एयरबेसलाई ब्यालेस्टिक मिसाइल र रकेटले निशाना बनाएको बताएको छ।
हमलापछि केही अमेरिकी सैनिक घाइते भएको बीबीसीले जनाएको छ । आक्रमणमा इराकी सेनाका कम्तीमा एक सदस्य पनि घाइते भएका छन् ।

‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक संगठनले अल असद एयरबेसलाई निशाना बनाएको जिम्मेवारी लिएको छ ।

अमेरिकी सेनाले शनिबार प्रहार गरिएका अधिकांश क्षेप्यास्त्रहरू रोकिएको बताएको छ ।  

गत वर्ष अक्टोबरमा इजरायल र गाजाबीच युद्ध सुरु भएपछि इराक र सिरियामा रहेको अमेरिकी अड्डाहरूमा इरानसँग सम्बन्धित संगठनहरूले गरेको यो पछिल्लो आक्रमण हो ।

खबरपाटी
खबरपाटी