वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
एजेन्सी । वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि लम्ब्याइएको छ।
गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा सोमबारदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएको दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एजेन्सीले जनाएको छ। विद्यालयहरूलाई अनलाइनबाट पढाउन भनिएको छ।
अत्यन्तै घातक अवस्थामा रहेको प्रदूषणको अवस्थामा सुधार हुने नदेखिएपछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ।
दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ। मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ।
वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा अत्यन्तै घातक मानिनेमा दिल्लीको वायुको एक्यूआई केही दिनदेखि लगातार चार सयभन्दा माथि रहेको छ।