वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
हमासको आक्रमणमा परी इजरायलमा मारिएको बाँकी दुई जनाको शव सोमबार पहिचान भएसँगगै सबै १० जनाकै शव पहिचान भएको छ ।
इजरायलको तेलअबिबस्थित नेपाली दूतावासले सोमबार बाँकी दुई जना मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान भएको जानकारी दिएको छ ।
सोमबार साँझ दूताबासले विज्ञप्ति जारी गर्दै शव नेपाल पठाउने प्रक्रिया सुरु भएको बताएको छ । यथाशीघ्र शव नेपाल पठाउने व्यवस्था मिलाइने दूतावासले जनाएको छ । आक्रमणपछि सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी कार्य भइरहेको दूतावासले जनाएको छ ।