इजरायल–हमास द्वन्द्व रोक्न चीनसँग मिलेर काम गर्छौं : अमेरिका

इजरायल–हमास द्वन्द्व रोक्न चीनसँग मिलेर काम गर्छौं : अमेरिका

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई इजरायल–हमास द्वन्द्व ठूलो युद्धमा परिणत हुन नदिन चिनियाँ विदेशमन्त्री वाङ यीसँग मिलेर काम गर्ने बताएका छन्।

ब्लिन्केनले भने, ‘यस द्वन्द्वलाई थप फैलिन नदिन परिषद्‌का सदस्य, विशेषगरी स्थायी सदस्यहरूको जिम्मेवारी हो।’ 

यसका लागि आफू चीनका विदेशमन्त्रीसँग मिलेर काम गर्न तयार रहेको उनले बताए।

चिनियाँ विदेशमन्त्री वाङ यी अमेरिका पुगेका छन्। उनको भ्रमणको उद्देश्य आगामी महिना चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित अमेरिका भ्रमणको लागि वातावरण मिलाउनु हो।

यस अवधिमा मध्यपूर्व संकटका बारेमा पनि छलफल हुने विश्वास गरिएको बीबीसीले जनाएको छ।

खबरपाटी
खबरपाटी