टर्कीको इस्तानाबुलमा पानीको अभावः पानी वचत गर्न आह्वान

टर्कीको इस्तानाबुलमा पानीको अभावः पानी वचत गर्न आह्वान

टर्कीको ठूलो शहर इस्तानाबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी वचत गर्न आह्वान गर्नुभएको छ । 

बुधवार नागरिकहरुलाई सुख्खा यामका कारण पानीको अभाव भएको भन्दै पानीको वचत गरी भविष्यमा आउनसक्ने समस्यालाई समाधान गर्न आह्वान गर्नुभएको हो । इस्तानाबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँध भण्डारण दर गत वर्षको अगस्टमा ६१.८७ प्रतिशत थियो । 

जुन हालको भन्दा झन्डै दोब्बर हो । अहिले घटेर पानी जम्मा ३३.३७ प्रतिशत मात्रै जम्मा भएको छ । इस्तानाबुल वाटर एण्ड सिवरेज एडमिनिस्ट्रेशन (आइएसकेआई) को आधिकारिक तथ्यांकअनुसार हाल पानी विगतको वर्षमा भन्दा झन्डै आधाले कम जम्मा भएको छ । शहरका लगभग १६ मिलियन नागरिकहरुलाई आइएसकेआईले पानी वचत गर्ने उपायहरुको सूचिसमेत सिफारिस गरेको छ । जसमा बिग्रिएका धाराहरुबाट पानी खेर जान नदिनका लागि मर्मत गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने र आफ्ना सवारी साधनहरु सफा गर्दा बाल्टीमा पानी राखेर सफा गर्ने लगायतका उपायहरु सुझाएको छ । जसले गर्दा प्रत्येक व्यक्तिले प्रत्येक वर्ष क्रमशः ६ देखि १६ टनसम्म पानी वचत गर्नसक्ने बताइएको छ ।  

खबरपाटी
खबरपाटी