बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, बाह्र हजार रोजगारी जोखिममा

बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशायी भएको यसका मालिकले बिहीबार घोषणा गरेका छन् ।

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, बाह्र हजार रोजगारी जोखिममा

काठमाडौं । बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशायी भएको यसका मालिकले बिहीबार घोषणा गरेका छन् । 

विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायहरूलाई असर पु¥याएको बताउनुभएको छ ।

समूह, करिब ४०० स्टोरहरूबाट सञ्चालित साथै अन्य साना घरेलू सामानहरूको अतिरिक्त सरसफाई र बगैंचासम्बन्धी उत्पादनहरूको अनलाइन बिक्री गर्दैआएको विल्कोले आफू कठिन मोडमा पुगेको जनाएको छ । 

विल्कोका प्रमुख कार्यकारी अधिकृत ज्याक्सनले आफ्नो वेबसाइटमा एक खुला पत्रमा भन्नुभएको छ, “हामी सबैले यो अविश्वसनीय व्यवसायलाई अक्षुण्ण राख्न कडा सङ्घर्ष गरेका छौं तर समय समाप्त भएको छ भनेर स्वीकार्नुपर्छ ।”

उहाँले प्रसङ्गलाई जोड्दै भन्नुभयो, “अब हामीले हाम्रो नियुक्त प्रशासकहरूसँग काम गरेर सकेसम्म लामो समयसम्म धेरैभन्दा धेरै रोजगारीहरू सुरक्षित राख्नको लागी सबैभन्दा राम्रो गर्नु पर्दछ ।”

विल्कोले सन् १९३० मा स्थापना भएको सङ्कटग्रस्त कम्पनीको प्रशासकको रूपमा प्राइस वाटरहाउस कूपर्सलाई नियुक्त गरेको थियो ।  प्राइस वाटर हाउस कुपर्स लण्डनमा केन्द्रिय कार्यालय रहेको बहुराष्ट्रिय लेखा व्यवसायी फर्म हो । रासस

खबरपाटी
खबरपाटी