वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । युक्रेनी ड्रोनले केर्च स्ट्रेटमा रुसी तेल ट्याङ्करमा आक्रमण गरी क्षति पुर्याएको नोभोरोसिस्कको समुद्री उद्धार तथा समन्वय केन्द्र ९एमआरसीसी० ले शनिबार जनाएको छ।
एमआरसीसीले ट्याङ्करका चालक दल सकुशल रहेको तर आक्रमणबाट इन्जिन कोठामा क्षति पुगेको बताइएको छ । ट्याङ्करलाई मद्दत गर्न उद्धारकर्ता र दुईवटा टगबोट उक्त क्षेत्रमा परिचालन गरिएको थियो ।
क्राइमियाको पूर्वी छेउमा रहेको केर्च शहरका बासिन्दाहरूलाई चकित पार्ने चर्को आवाज सहित शनिबार बिहान सो आक्रमण भएको थियो । मुख्य भूमि रुसलाई क्रिमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द भए पनि फेरि खोलिएको छ । रासस