खोटाङतर्फजाँदै गरेको सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, तीन जना बेपत्ता

खोटाङतर्फजाँदै गरेको सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, तीन जना बेपत्ता

काठमाडौं – काठमाडौंबाट खोटाङतर्फजाँदै गरेको सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। 

सिन्धुलीको फिकल गाउँपलिका-६ स्थित सडकबाट सुनकोसीमा खसेको गाडी कोसीमा आधा डुबेको अवस्थामा भेटिएको सिन्धुली प्रहरीले जनाएको छ।

२९७६ नम्बरको सुमो गाडीमा चालकसहित १० जना सवार रहेको प्रहरीले बताएको छ। ४ जनाको उद्धार गरि उपचारको लागि अस्पताल पठाइएको छ। 

खबरपाटी
खबरपाटी