लगानी बोर्डका पूर्वसीईओ सुशील भट्टलाई पक्राउ

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्टलाई पक्राउ

काठमाडौं – प्रहरीले लगानी बोर्डका पूर्वसीईओ सुशील भट्टलाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको एसएसपी दिलिप घिमिरेले पुष्टि गरे। उनले भने, 'पक्राउ गरेर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थालेका छौं।'

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै प्रहरी कार्यालय ल्याएर सुरु भएको अनुसन्धान ईनम सपकोटासम्म पुगेको थियो। जबरासँग भट्टको समेत कुराकानी भएको देखिएको थियो।

जेलमा रहेका दीपक भट्टलाई छुटाउने प्रयासस्वरूप भट्टले सपकोटासँग कुराकानी गरेको र सपकोटाले जबरामार्फत छुटाउने वातावरण बनाउन खोजेको प्रहरी अधिकारीहरूको आशंका छ।

खबरपाटी
खबरपाटी