रुद्रप्रयाग पहिरोः तीन जनाको मृत्यु, सत्र बेपत्ता

रुद्रप्रयाग पहिरामा परी तीन जनाको मृत्यु भएको तथा अन्य १७ जना हराइरहेका सरकारी अधिकारीहरूले शनिबार बताएका छन् ।

रुद्रप्रयाग पहिरोः तीन जनाको मृत्यु, सत्र बेपत्ता

काठमाडौं । रुद्रप्रयाग पहिरामा परी तीन जनाको मृत्यु भएको तथा अन्य १७ जना हराइरहेका सरकारी अधिकारीहरूले शनिबार बताएका छन् । 

केदारनाथ धामभन्दा १६ किलोमिटर वर अवस्थित रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा शुक्रबार गएको पहिरामा परी तीन जनाले ज्यान गुमाएका तथा अन्य १७ जना हराएका रुद्रप्रयाग जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पहिराले सडक किनारका पसल र खाना खाने ढावालाई समेत बगाएको छ । दुर्घटनाका बेला ती पसलमा चार जना स्थानीय तथा १६ जना नेपाली मूलका नागरिक थिए । राज्यको विपद् प्रतिकार्य बलले खोजी जारी राखेको छ । 

यसैबीच आज बिहान गङ्गोत्री राष्ट्रिय राजमार्गमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । पहिराका कारण बाटो अवरुद्ध हुँदा गङ्गोत्री धामको यात्रामा रहेका तीर्थयात्रीको बिचल्ली भएको छ । 

राज्यको विपद् व्यवस्थापन विभागका अनुसार यो वर्षको वर्षायाम प्रारम्भ भएयता बाढीपहिरामा परी ३१ जनाले ज्यान गुमाएका छन्भने ३१ जना घाइते भएका छन् । एक हजार एक सय ७६ घर भत्केका छन् ।  रासस

खबरपाटी
खबरपाटी