पाकिस्तान बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।

पाकिस्तान बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।

यस पहिले प्रहरीले दिएको प्रारम्भिक जानकारीमा विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका उल्लेख गरिएको थियो । 

खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले एएफपीसँग भन्नुभयो, “विस्फोटपछि अस्पतालमा लगिएका मध्ये ३९ जनाको मृत्यु भइसकेको छ भने १२३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । 

प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको सङ्ख्याको पछिल्लो विवरणलाई पुष्टि गर्दै सरकारले आक्रमणमा संलग्न व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरू गरिसकेको बताउनुभयो । समाचार तयार पार्दासम्म आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।रासस

खबरपाटी
खबरपाटी