लाखौंमा एक महिला हुन्छिन् ‘विशेष’, हरेक महिलामा हुन्छ यस्तो गुण

महिलालाई आफ्नो प्रसंशा सुन्न धेरै मन पर्छ । यो एक आम धारणा छ कि, यदि कुनै महिलाको मूड खराब छ भने उनलाई खुसी बनाउन थोरै प्रसंशा गरिदिए पुग्छ । यो त हो, तर झुटो प्रसंशा गर्दा भने उल्टो पनि हुन जान्छ ।

लाखौंमा एक महिला हुन्छिन् ‘विशेष’, हरेक महिलामा हुन्छ यस्तो गुण

महिलालाई आफ्नो प्रसंशा सुन्न धेरै मन पर्छ । यो एक आम धारणा छ कि, यदि कुनै महिलाको मूड खराब छ भने उनलाई खुसी बनाउन थोरै प्रसंशा गरिदिए पुग्छ । यो त हो, तर झुटो प्रसंशा गर्दा भने उल्टो पनि हुन जान्छ । 

यो आलेखमा यस्ता महिलाबारे कुरा गरिँदैछ, जसको जवरजस्ती प्रसंशा गरिरहनु पर्दैन । यी महिलामा एक विशेष गुण हुन्छ, जसले गर्दा उनीहरु आफैं प्रसंशाका पात्र हुन्छन् । 

‘अल्फा वुमन’, यो अंग्रेजीको यस्तो शब्दावली हो, जो विशेष प्रकारका महिलाका लागि प्रयोग गरिन्छ । अर्थात यी त्यस्ता महिला मानिन्छन्, जसमा कमजोरी नै देखिँदैन । यी महिलाहरुमा यति धेरै गुण हुन्छन् कि तपाई यीनको प्रसंशा गर्दा गर्दै थाक्नुहुनेछ । 

अल्फा वुमनका गुण 

धेरै अध्ययनपछि ‘अल्फा वुमन’ शब्दावली प्रयोगमा ल्याइएको हो । यस्ता महिलालाई अल्फा वुमन भनिन्छ, जसमा आम महिलाको तुलनामा केही खास गुण हुन्छन् । ति गुणहरु यस्ता हुन्छन्ः

आत्मविश्वास

आत्मविश्वासको मामलामा तपाईले आफूलाई कति नम्बर दिनुहुन्छ होला ? सायद ६, ७ या ८ । तर अल्फा वुमनको हकमा आत्मविश्वासको मामलामा १० मा ११ नम्बर मिल्नु पर्छ । उनीहरुको आत्मविश्वासलाई ओभर कान्फिडेन्स नसम्झनु होला । 

सकारात्मक सोच

एक अल्फा वुमन आफ्नो आत्मविश्वासलाई पूर्ण रुपमा सकरात्मक तरिकाले प्रयोगमा ल्याउँछिन् । कुनै पनि परिस्थितिमा नहार्नु, हारे पनि निराश नहुनु उनीहरुलाई राम्रोसँग आउँछ । 

काम गर्ने तरिका

यदि तपाईले कुनै अल्फा वुमनलाई भेट्नुभयो भने तपाईलाई यो महशुष हुनेछ कि, उनीहरु कति सजिलै काम गर्न सक्छन् र सफल पनि हुन्छन् । तर वास्तविकता त्यस्तो हुँदैन । अल्फा वुमन धेरै मेहनती हुन्छन् र आफ्नो कामका लागि सधैं गम्भीर हुन्छन् । 

परिश्रमी

यही कारण हो कि उनको परिश्रमले सफलता दिलाउँछ । आफ्नो कामबाट अन्यत्र ध्यान केन्द्रित नगर्नु र पूरै मनदेखि काम गर्नु अल्फा वुमनको खास विशेषता हो । 

सीधा कुरा, स्पस्ट बिचार

जो मनमा हुन्छ, त्यही मुखमा बोल्ने व्यक्ति कहिल्यै धोकेबाज हुँदैनन् । यो सत्य हो कि यस्ता महिलाको सीधा र प्रस्ट कुरा गर्ने बानीले गर्दा कतिपयको चित्त दुख्न जान्छ । तर सत्यको सम्मान गर्नु छ भने यस्तो बानी नै सबैभन्दा उत्तम हुन्छ । 

आत्मसन्तुष्टिका लागि काम

कुनै पनि अल्फा वुमन आत्मसन्तुष्टिका लागि काम गर्छिन् । नकि कसैलाई तल पार्नु अथवा हराउन । उनीहरु आफू जित्ने तथा सफल हुने सोच राख्छन् । तर अरुलाई हराउने तथा असफल बनाउने सोच्दैनन् ।

खबरपाटी
खबरपाटी