काठमाडौं - सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेर बन्द भएको छ ।
साताको दोस्रो कारोबार दिन मंगलबार (मंसिर ८) नेप्से सूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो । सोमबार (मंसिर ७) नेप्से सूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो ।
आज दिनभर लगानीकर्ताले ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरे । यो अघिल्लो दिनभन्दा उल्लेख्य रूपले बढी हो ।
सोमबार लगानीकर्ताहरूले तीन अर्ब ८२ करोड रुपैयाँबराबरको कारोबार गरेका थिए ।
आज ३५० कम्पनीको सेयर किनबेच हुँदा १६५ वटाको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलर लि.को सेयर मूल्य बढेको छ । यो कम्पनीको ५.०५ प्रतिशतले मूल्य बढेको हो । सबैभन्दा बढी मानुषी लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य घटेको छ ।
समग्रमा आज सबै उपसमूहको सेयर मूल्य बढ्दा लघुवित्त र अन्य शीर्षकका इन्डेक्सको सेयर मूल्य घटेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।