काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले प्रतिनिधिसभाका सभामुख डीपी अर्यालसँग भेटवार्ता गर्नुभएको छ ।
भेटका क्रममा मन्त्री चौधरीले टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँसम्मेलन(कोप–३१) मा नेपालको सहभागिता, उठाइएका मुद्दा तथा प्राप्त उपलब्धिबारे सभामुख अर्याललाई जानकारी गराउनुभएको हो ।
उहाँले सम्मेलनका क्रममा नेपालले प्राथमिकताका साथ उठाएका हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त तथाहानिर नोक्सानीबापतको क्षतिपूर्तिका विषयमा भएका छलफल र पहलका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यसैगरी पर्वतीय मुलुकहरूले जलवायु परिवर्तनका कारण भोगिरहेका साझा समस्या र चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउननेपाललेगरेको कूटनीतिक पहलका विषयमा समेत मन्त्री चौधरीले सभामुखलाई ब्रिफिङ गर्नुभएको थियो ।
भेटवार्तामा कोप–३१ मा नेपालको सहभागिता र जलवायु परिवर्तनका मुद्दामा नेपालले अघि सारेका प्राथमिकताबारे जानकारीआदानप्रदानभएको थियो ।